ओलीको राजनीतिक प्रतिवेदन : नेपाल राष्ट्र बैंकजस्ता संस्थामाथि गठबन्धनले हस्तक्षेप गर्‍यो (पूर्णपाठ)

ओलीको राजनीतिक प्रतिवेदन : नेपाल राष्ट्र बैंकजस्ता संस्थामाथि गठबन्धनले हस्तक्षेप गर्‍यो (पूर्णपाठ)

गठबन्धनले राज्यका सबै अंगलाई कमजोर बनाउन चाहन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । बिहीबारदेखि ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको एमालेको पाँचौं केन्द्रीय कमिटीको बैठकमा उनले राजनीतिक प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिवेदनमा भनिएको छ, ‘राजनीतिक पूर्वाग्रहका आधारमा तत्कालीन राष्ट्रपतिमाथि बारम्बार गरिएको प्रहार होस् या नेपाल राष्ट्र बैंकजस्ता स्वायतः संस्थामाथिको हस्तक्षेप, यो गठबन्धन राज्यका सबै अंगलाई भयदोहन गरेर आफ्नो स्वार्थपूर्तिका साधन बनाउन चाहन्छ र त्यसो हुन तयार नहुनेहरूलाई कमजोर र क्षतविक्षत बनाउन चाहन्छ भन्ने स्पष्ट देखिन्छ।’

राजनीतिमा देखा परेका विकृतिविरुद्ध एमाले खरोरूपमा उत्रिने प्रतिवेदनमा भनिएको छ। प्रतिवेदनमा स्वस्थ्य लोकतान्त्रिक अभ्यास, प्रतिस्पर्धात्मक राजनीतिक प्रणाली र जनताप्रति उत्तरदायी शासन व्यवस्थाको पक्षमा एमाले रहेको भनिएको छ।