प्रधानमन्त्री प्रचण्डलाई भेटेर रविले भने- सरकारमा जाने योजना सफल भएन,अब सडकबाटै सहयोग गर्छौं

प्रधानमन्त्री प्रचण्डलाई भेटेर रविले भने- सरकारमा जाने योजना सफल भएन,अब सडकबाटै सहयोग गर्छौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो काम गरेको भन्दै प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले भीआईपीलाई पक्राउ गर्ने आँट गर्नु सकारात्मक रहेको लामिछानेकाे भनाई छ । ‘भ्रष्टाचारका विषयमा जसरी फाइल खोल्नु भएको छ । त्यसमा तपाईलाई धन्यवाद छ’, लामिछानले प्रचण्डलाई भेटका क्रममा भने, मैले सडकबाट के–के सहयोग गर्न सक्छु गर्छु’ प्रधानमन्त्रीसँगको भेटमा रविले भने, ‘सरकारमै जाने हाम्रो योजना सफल हुन सकेन । अब हामीले सडकबाट समर्थन गछौँ । हामी अब भ्रष्टाचारीविरुद्ध सडकमा उत्रिन्छौँ ।’