नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रकाउ परेका नेकपा एमालेका नेता एवं सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ ।

जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता एवं सचिव टोपबहादुर रायमाझीलाई ३ दिन थुनामा राख्न अनुमति दिएको हाे।

सोमबार काठमाडौं जिल्ला अदालत लगिएका रायमाझीलाई म्याद थप गरिएको हो। पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका रायमाझीलाई प्रहरीले आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ गरिएको थियो। अब रायमाझीलाई बुधबारसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाउनेछ ।