काठमाण्डु – नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरीको भर्ती जिल्लाबाटै गर्ने व्यवस्था गर्न माग गरेका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले प्रहरीको भर्तीका लागि अन्तर्वार्ता काठमाडौंमा गर्नेगरी बोलाइएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले अहिले केही दिनपछि हुने प्रहरी जवानको अन्तरवार्ताका लागि काठमाडौं बोलाइनुको औचित्य सरकारले पुष्टि गर्नुपर्ने बताए । उनले दुर्गम जिल्लाबाट आउने नागरिकलाई ऋणको भारी बोकाउनु नहुने माग गरे।
सांसद बडूले नेपाल प्रहरीको भर्ती जिल्लाबाटै हुनुपर्ने पद्धतिको विकास गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षणसमेत गराए ।




प्रतिक्रिया