नयां स्टकको काम अघि बढाउन लगानीकर्ताहरुको माग, प्रक्रिया सुरु नभए आन्दोलन गर्ने चेतावनी

नयां स्टकको काम अघि बढाउन लगानीकर्ताहरुको माग, प्रक्रिया सुरु नभए आन्दोलन गर्ने चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  प्रधानमन्त्री पुष्पकमल दाहाललाई लगानीकर्ताहरुले नयां स्टकको लाइसेन्सको काम तुरुन्त अघि बढाउन माग गरेका छन् । लगानीकर्ताहरुको संगठनका प्रतिनिधिहरुले बुधवार प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर नयां स्टक एक्सचेन्जको लाइसेन्स जारी गर्ने प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन् ।

नेपालमा ५५ लाखभन्दा बढी डिम्याटकर्ताहरु छन् । उनिहरुले विगत लामो समयदेखि नेप्सेले गूणस्तरीय सेवा नदिएको भन्दै नयां स्टकको माग गर्दै आएका थिए ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघका कार्यबाहक अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुल्लेल र नेपाल पुजींबजार लगानीकर्ता संघकी अध्यक्ष राधा दाहालले प्रधानमन्त्रीलाई भेटेर तुरुन्त नयां स्टक र ब्रोकर लाइसेन्सको प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।

सरकारले नयां स्टकको लाइसेन्सको हकमा आफ्नो अधिकार क्षेत्र बाहिर गएर तत्काललाई रोक्ने निर्णय गरेको थियो । प्रधानमन्त्री दाहालले नयां लाइसेन्सको प्रक्रिया विवादस्पद बनेको भन्दै कानुनी छिद्रता खोजेर तत्काल रोक्ने निर्णय गरेका थिए । तर, धितोपत्र बोर्ड आफैमा स्वायत्त निकाय भएकाले सरकारले त्यसमा हस्तक्षेप गर्न नहुने सरोकारवालाहरुले धारणा राख्दै आएका छन् ।

लगानीकर्ताहरुले प्रधानमन्त्री दाहाललाई बुझाएको ज्ञापनपत्रमा सबै कानुनी प्रक्रियाहरु पुरा गरेर लाइसेन्स वितरणको प्रक्रिया अन्तिम चरणमा पुगेको बेला लाइसेन्स वितरण प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले संसदमा केही सांसदहरुले आवाज उठाउनुले लगानीकर्तालाई मर्माहत तुल्याएको जनाइएको छ ।

रास्वपाका सांसदहरुले पार्टीको चुनावनी घोषणापत्र विपरित नयां स्टकको लाइसेन्स जारी गर्ने प्रक्रियामा चलखेल भएको भन्दै प्रश्न उठाएका थिए । नयां स्टक एक्सचेन्जको लागि दीपक भट्टले नेतृत्व गरेको हिमालय, रामेश्वर थापाले नेतृत्व अन्नपूर्ण र दीपक तिमिल्सेनाले नेतृत्व गरेको नेशनलले आवेदन दिएका थिए ।

धितोपत्र बोर्डले यसको प्रक्रिया समेत अघि बढाइसकेको थियो । त्यसमा हिमालयले पाउने सम्भावना बढी भएपछि शक्तिकेन्द्र त्यसलाई रोक्न लागेका थिए । स्टक रोक्नका लागि अदालतदेखि अख्तियारसम्म प्रतिस्पर्धीहरु धाएको स्रोत बताउंछ । यसमा अदालतमा विचौलिया भनेर चिनिएका तिमिल्सेना सबैभन्दा बढी सक्रिय थिए ।

व्यवसायीहरुबीचको अस्वस्थ प्रतिस्पर्धाले लगानीकर्ताहरुको भविष्यमा नै खेलवाड भएको भन्दै यस क्षेत्रका सरोकारवालाहरुले विरोध जनाएका हुन् । उनिहरुले यो प्रक्रिया तत्काल अघि नबढाइए आन्दोलन समेत गर्ने चेतावनी दिएका छन् । नेपालको सेयर बजारको विकासका लागि नयां स्टक चाहिने लगानीकर्ताहरुको माग रहंदै आएको छ ।