मेयर शाहको ब्यंग्य- सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो

मेयर शाहको ब्यंग्य- सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरुमाथी ब्यंग्य गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले सांसद विकास कोष पाएपछि सांसदहरु वडा अध्यक्षको लेबलमा आएको भन्दै व्यंग्य गरेका हुन्।

‘सांसद विकास कोष पाउनु भए सी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु?’,, उनले फेसबुकमार्फत भनेका छन् ।

आर्थिक बर्ष २०८०र८१ को बजेटमार्फत सांसद बिकास कोष ब्युँत्याएर प्रत्येक सांसदलाई ५ करोडको दिइने निर्णय गरिएको थियो ।