२०४६ साल पछिका ठूला भ्रष्टाचारका काण्ड अब खुल्छन् :प्रधानमन्त्री प्रचण्ड

२०४६ साल पछिका ठूला भ्रष्टाचारका काण्ड अब खुल्छन् :प्रधानमन्त्री प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीहरुका सम्पत्ति विवरणको बारेमा खोजीनिती गरिने बताएका छन् ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा जारी पार्टीको सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन क्रममा उनले २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीहरुका सम्पत्ति विवरणको बारेमा खोजीनिती गरिने बताएका हुन् ।

मैले सदनमा पनि भनेको छु। हिजोका सबै फाइलहरु अब क्रमशः खुल्छन्। खुलाइन्छन्। मैले भनेको छु, २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीहरुका सम्पत्ति विवरणको बारेमा खोजीनिती गरिन्छ। ठूल्ठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्। तिनको खोजीनिती गरिन्छन्। ठूल्ठूला भयानक हत्याकाण्डहरु छन्। ती हत्याकाण्डहरुको खोजीनिती गर्नुछ, उनले भने।

प्रधानमन्त्री प्रचण्डले गौर हत्याकाण्ड र दरबार हत्याकाण्डको छिनोफानो नभएको समेत बताए। नेपाली जनताको मनमा धेरै ठूलाठूला शंकाहरु छन्। के भएको हो भन्ने कुराको सत्यतथ्य आएको छैन। यी सबै कुराहरु पनि हामीले क्रमशः लगेर एउटा नयाँ विश्वास जनतामा जगाउनुछ। अब केही हुन्छ, हुनसक्छ भन्ने विश्वास जगाउनुछ, उनले भने।