भारत जानुअघि चिनियाँ उच्च अधिकारीसँग छलफलमा प्रधानमन्त्री प्रचण्ड

भारत जानुअघि चिनियाँ उच्च अधिकारीसँग छलफलमा प्रधानमन्त्री प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को सिचुवान प्रान्तका सचिव वाङ सियाओहुई नेपाल आइपुगेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जानुअघि सियाओहुई मंगलबार नेपाल आइपुगेका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको सिचुवान प्रान्तका सचिव वाङ सियाओहुईको नेतृत्वमा आएको १४ जनाको टोली नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग बुधबार छलफल गर्न बालुवाटार पुगेका हुन्। बालुवाटार पुगेका चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीहरूसँग प्रधानमन्त्री प्रचण्डको अहिले भेटवार्ता जारी रहेको छ।

सियाओहुई सीपीसी केन्द्रीय सदस्य समेत हुन् । उनि यसअघि पार्टीको प्रोपोगान्डा विभागको उप प्रमुखको भुमिकामा थिए । उनी राष्ट्रपति सी जिन्पिङको विश्वाशिला पात्र मानिन्छन् ।

उनीहरु मंगलबार राती सिंगापुर एयरलाइन्सबाट काठमाडौं आइपुगेका हुन्। भारत भ्रमण अगाडि चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीसँगको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ। प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्।