नागरिकता विधेयक प्रमाणीकरणबारे प्रधानमन्त्री प्रचण्ड भन्छन्ः दुई थरी विचार आए पनि क्रान्तिकारी कदम हाे

नागरिकता विधेयक प्रमाणीकरणबारे प्रधानमन्त्री प्रचण्ड भन्छन्ः दुई थरी विचार आए पनि क्रान्तिकारी कदम हाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण गर्ने निर्णय क्रान्तिकारी कदम भएको प्रतिक्रिया दिएका छन् । चारदिने भारत भ्रमणका लागि त्यसतर्फ जाने क्रममा बुधबार दिउँसो प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण ठूलो क्रान्तिकारी कदम भएको बताएका हुन् ।

नेपाल एयरलाइन्सको जहाज आरए २१७ मा मार्फत भारत जाने क्रममा विमानमा रहेका भ्रमण टोलीका सदस्य र अन्य यात्रीहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले नागरिकता प्रमाणीकरणबारे दुई थरीको विचार आए पनि यो ठूलो क्रान्तिकारी कदम भएको दाबी गरे ।

यसले दशकौंदेखि नागरिकताबाट बन्चित नेपाली छोराछोरीले नागरिकता पाउन सहज भएको प्रधानमन्त्रीको भनाइ छ ।