प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता  भएको छ ।

हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको हो । प्रतिनिधिमण्डल स्तरको भेटपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् ।आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुनुअघि प्रधानमन्त्री प्रचण्ड राजघाटस्थित महात्मा गान्धीको समाधीस्थल पुगेर पुष्पगुच्छा अर्पण गरेका थिए । त्यसक्रममा उनले आगन्तुक पुस्तिकामा गन्धीप्रति श्रद्धाञ्जली प्रकट गरेका थिए ।