शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्‍याउन चीन सरकार सहयोग गर्न तयार छ : अग्नि सापकोटा

शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्‍याउन चीन सरकार सहयोग गर्न तयार छ : अग्नि सापकोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियाका बाँकी रहेका काम टुंग्याउने विषयमा चीन सरकारले चासो देखाएको बताएका छन्।

शुक्रबार माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमण सकेर फर्किएको प्रतिनिधिमण्डलको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष  सापकोटाले शान्ति प्रक्रियाका बाँकी रहेका काम टुंग्याउने विषयमा चीन सरकारले चासो राखेको बताएका हुन् ।

उनले शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्‍याउने कुरामा चीन सरकार आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता भ्रमणका क्रममा गरेको बताए। पूर्वसभामुख समेत रहेका सापकोटाले चीन सरकारबाट धेरै कुरा सिक्न बाँकी रहेको बताए। उनले चीन र नेपाल सम्बन्धलाई मैत्रीपूर्ण बनाउन, सौहाद्र र घनिष्ठ बनाउँदा विश्व राजनीतिमा महत्वपूर्ण भुमिका खेल्न सक्ने बताए। उनले भेटमा चीन सरकारको तर्फबाट विभिन्न प्रतिनिधिहरुले नेपालका समस्या खुला रुपमा राख्नसके सहयोग गर्न सहज हुने प्रतिक्रिया दिएको बताए।

उनले भने, ‘हामीले चीन सरकारबाट धेरै कुरा सिक्न सक्छौँ। चीन र नेपाल सम्बन्धलाई मैत्रीपूर्ण बनाउन, सौहाद्र र घनिष्ठ बनाउँदाखेर नै हामीले विश्व राजनीतिमा महत्वपूर्ण भुमिका खेल्न सक्छौँ।