प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्री प्रचण्ड नेपाल एयरलाइन्सको विमानमार्फत साँझ साढे ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

यसअघि नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थमा भारतीय विदेशमन्त्रालयका राज्यमन्त्री मनाक्षी लेखीले उनलाई बिदाइ गरेकी थिइन् । प्रधानमन्त्री दाहाल यही जेठ १७ गते औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका थिए।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गरेका थिए । भ्रमणकै क्रममा प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति दौपदी मुर्मू एवं उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेका थिए।