सुनको भाउ तोलामा १७ सय घट्यो

सुनको भाउ तोलामा १७ सय घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउमा ओरालाे लागेकाे छ। सुनको भाउ आइतबार तोलामा १ हजार ७०० रुपैयाँले घटेको हाे । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावपाल सुन १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो।