राप्रपाद्वारा संसद् बैठक स्थगनको प्रस्ताव पेश

राप्रपाद्वारा संसद् बैठक स्थगनको प्रस्ताव पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा बैठक स्थगनको प्रस्ताव पेश गरेको छ।

आइतबार राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७४ बमोजिम अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न आजको बैठकको कार्यक्रम स्थगित गर्न प्रस्ताव पेश गरेका हुन्।

राष्ट्रपतिले नीति र नियमविपरित नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीले भारत भ्रमणमा मुलुकको हितविपरीत कार्य गरेको कुरा उठेकाले यस विषयका छलफल नगरी संसद नियमित रुपमा अगाडि नबढ्ने भएकाले निर्धारित सबै कार्यक्रम स्थगित गर्न शाहीले माग गरेका छन्।