पञ्चेश्वर परियोजना तीन महिनाभित्र डीपीआर हुन्छ : प्रधानमन्त्री प्रचण्ड

पञ्चेश्वर परियोजना तीन महिनाभित्र डीपीआर हुन्छ : प्रधानमन्त्री प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चेश्वर परियोजना तीन महिनाभित्र डीपीआर हुने बताएका छन् ।

उनले सोमबार प्रतिनिधि सभा बैठकमा आफ्नो भारत भ्रमणबारे जवाफ दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा कुराकानी भएको जानकारी संसदलाई गराए।

प्रधानमन्त्री प्रचण्डले यस विषयमा एक वर्षभित्र कार्यविधि पनि तयार हुने बताए। करिब १६ वर्षदेखि अलमल हुँदै आएको पञ्चेश्वर अब अघि बढ्ने उनले दाबी गरे। उनले एक वर्षभित्र कार्यविधिको ढाँचा बन्ने अनि त्यही आधारमा यो परियोजना अघि बढ्ने र भारतीय एक्जिम बैंकले उक्त आयोजनामा लगानी गर्ने बताए।