काठमाण्डु- नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।
नयाँ सरकार गठनको पहल सुरु भएसँगै माओवादीले आफ्नो नेतृत्वमा सरकार बनाउन कसरत गर्ने निर्णय गरेको हो । सोमबार बसेको माओवादी संसदीय दलको बैठकले दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय भएको जनाइएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेशमा सरकार छाड्ने विषयमा नेकपा माओवादी केन्द्रको संसदीय दलभित्र मतभेद देखिएको छ । आज बसेको बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे भने कुनै निर्णय गरेन ।




प्रतिक्रिया