काठमाण्डु- सात प्रदेशमध्ये हाल कोसी प्रदेशमा मात्रै एमाले नेतृत्वको सरकार छ । प्रदेशमा सत्ता साझेदारको रुपमा रहेको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिने तयारी गरेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकार ढल्ने भएको हो । एमाले सरकारबाट बाहिरिए मुख्यमन्त्री दिइने कांग्रेसले आश्वासन देखाएपछि नेकपा माओवादी कोसी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
एमाले गठबन्धनबाट बाहिरिएपछि नेकपा माओवादीले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल थाल्न कमिटी गठन गरेको छ। सोमबार बसेको माओवादी संसदीय दलको बैठकले दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने निर्णय गरेको थियो ।
बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे भने कुनै निर्णय गरेको छैन। आज वा भोलि नेकपा माओवादीले कोसी प्रदेशमा एमाले सरकारलाई दिएको समर्थन फिर्तासँगै आफ्ना मन्त्रीसमेत बोलाउने जनाइएको छ ।
केन्द्रमा सत्ता समिकरण परिवर्तन भएदेखिनै माओवादी केन्द्रलाई सरकारबाट बाहिरिन दवाव दिइरहेको नेपाली कांग्रेस जसरी पनि कार्की नेतृत्वको सरकार ढलाउने रणनीतिमा रहेको छ । पटक पटक औपचारीक आग्रह गर्दै सरकारबाट बाहिरिन गरेको आग्रह माओवादी केन्द्रले नमानेपछि गत हप्ता कांग्रेसले औपचारिक पत्रनै पठाएर तत्काल प्रदेश सरकार छाड्न निर्देशन दिएको थियो ।




प्रतिक्रिया