करको दर हेरफेरबारे संसदीय छानबिन समिति बनाउन एमालेको माग

करको दर हेरफेरबारे संसदीय छानबिन समिति बनाउन एमालेको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेले करको दर हेरफेरबारे संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको छ । एमाले प्रमुख सचेतक पदम गिरीले बजेट निर्माणमा पूर्वनायब सुब्बा घुसाएकोबारे संसदीय समिति बनाएर छानबिन नगरिए संसद् चल्न नदिने बताएका हुन् ।

बजेटमा करको दर हेरफेरमा पूर्वनासु रामकृष्ण श्रेष्ठ प्रवेश गराएको भन्दै सोमबारको संसद बैठकमा राप्रपाका सचेतक ज्ञानबहादुर शाहीले प्रश्न उठाएका थिए। आज पनि एमाले, रास्वपा र राप्रपाले विरोध गर्ने भएपछि ११ बजे बोलाइएको बैठक बस्न सकेको छैन।

यसैबीच आज सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरुबीचको अनौपचारिक बैठकमा एमाले, राप्रपा र रास्वपाले करका दर हेरफेर भएकोबारे सरकारले जवाफ दिनुपर्ने अडान राखेका छन् ।

त्यसकारण अहिलेसम्म बैठक बस्न सेको छैन । आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न पूर्वनायब सुब्बा श्रेष्ठलाई संलग्न भएको भन्दै विपक्षी दलहरुको विरोध गरिरहेका छन् ।