संसदमा ओलीको प्रश्न- गाँजा खेती कसले गर्न खोज्दैँछ ?

संसदमा ओलीको प्रश्न- गाँजा खेती कसले गर्न खोज्दैँछ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार धान, गहुँ, मकै उत्पादन बढाउनतर्फ नलागेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको आर्थिक विधेयकबारेको छलफलमा आफ्ना भनाइ राख्ने क्रममा उनले धान, गहुँ बढाउने योजना नल्याउने र किन चाहियो गाँजा खेती ? भन्दै प्रश्न गरेका हुन् ।

उनले अहिले अन्नमा आत्मनिर्भर हुने योजना चाहिने बताए । ‘धान, गहुँ र मकै बढाउने कुरामा चासो छैन तर गाँजामा चासो छ। सरकारले लाइसेन्स बाँडेपछि नभएको गाँजा खेती उखेलिन्छ। अहिले मानिस दृष्टिगोचर भएका छैनन् तर कोही त छ गाँजा खेतीको पछि लाग्ने’, उनले भने, ‘कसले गर्न खोजिरहेको छ यो गाँजा खेती ? गाँजा खेती कसले गर्न खोज्दैछ किन गर्न खोजेको हो? जनताले गाँजा खेती गरेका छैनन्, कहीँ कहीँ भएको पनि होला।’

उनले जनताले कहाँ गाँजा खेती गरेको भन्दै प्रश्न गरे। ‘गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? बाहिरै आउँदैन। खै कोही होलान्,’ उनले भने।