बमबारीपछि रुसी नियन्त्रणमा रहेको युक्रेनी बाँध भत्कियो,हजारौं बिस्थापित


काठमाण्डु – रुस नियन्त्रित युक्रेनको सबैभन्दा ठूलो बाँध भत्किएपछि हजारौं मानिसहरू विस्थापित हुन पुगेका छन् । युक्रेनको नोभा काखोव नदीमाथिको बाँध भत्किएपछि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ ।

बाँध भत्किनुमा रुस र युक्रेनले एक अर्कालाई दोष दिएका छन् । यद्धपी, ठूलो बिष्फोटकासाथ बाँध भत्किएपछि युद्धले ग्रसित युक्रेनको समग्र अर्थतन्त्रमा थप ठूलो असर पर्ने जनाइएको छ ।

नोभा काखोवका बाँध युक्रेनको सबैभन्दा ठूलो बाँध मध्ये एक हो, यो हाल रूसको नियन्त्रणमा छ । यसको १९५६ मा निमार्ण पूरा भएको थियो । यो ३० मिटर अग्लो, ३.२ किलोमिटर लामो र १८ वर्ग किलोमिटरमा फैलिएको छ।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नोभा काखोभकामा बाँध भत्किएपछि ८० सहर र गाउँहरू बाढीले डुबानमा पर्न सक्ने बताएका छन् । सो बाँध भत्किनुमा उनले रुसलाई दोष दिएका छन्।

नोभा नदीमा अबस्थित सो बाँध भत्किए पछि मुख्यतः खेरसन सहरमा विनाशकारी बाढीको जोखिम निम्त्याउन सक्ने भन्दै सर्तकता अपनाउन अनुरोध गरिएको छ ।

बाँध भत्किएपछि एउटा सानो सहर र दुई दर्जन गाउँहरू डुबानमा परेका थिए र १७,००० मानिसहरूलाई विस्थापित गर्न बाध्य भएका छन् । उता, ह्वाइट हाउसले मंगलबार एक विज्ञप्ति जारी गर्दै युक्रेनमा विष्फोटपछि ठूलो बाँध भत्काउँदा धेरैको मृत्यु हुने सम्भावना रहेको बताएको छ । यो घटनाको पछाडि कसको हात थियो भन्ने अहिले नै कुनै ठोस प्रमाण नभएको पनि उसको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement