काठमाण्डु – नेकपा एमालेका सांसद् योगेश भट्टराईले एमाले अध्यक्ष केपी ओली सहित शीर्ष नेताको हत्या प्रयास भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले विशेष समय माग्दै यस्तो आरोप लगाएका हुन् ।
पूर्वका विभिन्न ठाउँका कार्यक्रममा जाँदा कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर पार्टी अध्यक्ष केपी ओली र नेता सुवास नेम्वाङलाई अवरोध गर्न एम्बुस थापेर हत्या प्रयास गरिएको उनको आरोप छ । ‘आज कोशी प्रदेशको नाम के राख्ने त्यो कोशी प्रदेशको अधिकार हो,’ उनले भने, ‘तर आज त्यसका नाममा केही महिना अगाडि पार्टीका अध्यक्ष केपी ओली, संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतका हाम्रो नेतृत्व टोली पूर्वको विभिन्न ठाउँमा जाँदा झापाको चारआली देखि तेह्रथुम सम्मका ठाउँमा अवरोध सृजना गर्ने, रुखहरू ढाल्ने, गाडिमा ढुंगामुढा गर्ने, त्यति मात्रै होइन एम्बुस थाप्ने । हाम्रो नेताहरूको हत्या गर्ने प्रयास गरिएको थियो भन्ने स्वभाविक रुपमा बुझ्न सकिन्छ । त्यो बेला पनि हामीले प्रश्न उठायौँ ।’
गृहमन्त्रीले त्यसमा कुनै कारबाहीको प्रक्रिया अघि नबढाएको भन्दै उनले आक्राशे पोखे । विराटनगरमा कोशी प्रदेशको नामाकरणको विरोधको आन्दोलनमा मृत्यु भएका व्यक्तिकोबारेमा पनि सरकारले जवाफ दिनुपर्ने उनले बताए ।




प्रतिक्रिया