सांसद सोभिता गौतमले डिलिट गरिन् ट्विटर अकाउन्ट

सांसद सोभिता गौतमले डिलिट गरिन् ट्विटर अकाउन्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सांसद सोभिता गौतमले सामाजिक प्लेटफर्म ट्विटर छाडेकी छिन् । हालै मात्रै बैबाहिक बन्धनमा बाँधिएकी सांसद गौतमले आफनो ब्यक्तिगत जीवनमा नकारात्मक प्रतिक्रिया आए पछि ट्विटर डिलिट गरेको बताएकी हुन् ।

‘पछिल्लो समय त्यो (नकारात्मक) न्युजहरु आईसके पछाडी मैले टविटर डिलिटै गरिदिएँ, फालिदिए, एकदमै टक्सिट हुन्छ क्या कहिले कहिले’ उनले एउटा पोडकास्ट अन्र्तवार्तामा भावुक हुदैँ भनेकी छिन, ‘ट्विटर धेरै सकरात्मक कुरा भए पनि ट्विटर कहिले काँही टक्सिट नै हुन्छ, अटयाक सबालमा धेरै बौद्धिक दरिद्रता छ त्यहाँ, फेक प्रोफाइल बनाएर प्रहार गर्नुपर्याे भने बौद्धिक मान्छेहरुले टविटर प्रयोग गर्छन् ।’

बिबाह गरेर जापान गए पछि आफनो ब्यक्तिगत जीवनमा धेरै लाञ्छना लगाए पछि आफु दुःखित भएको पनि उनको भनाई छ । आफुसँग एक पटक पनि नसोधी आफनो ब्यक्तिगत जीवनमा नकारात्मक कुराहरु फैलाउने मिडियालाई नोटिस गरेको पनि जनाएकी छिन् ।

‘म जापान हुदाँ मेरो बुबाले भन्नु भयो कि तेरो यति धेरै कुरा आएको छ तेरो आमा मरी भने मलाई थाहा छैन के हुन्छ ?’ उनले भावुक हुुदैँ भनिन, ‘यो देशमा कानुन छ, गर्नुपर्छ दयाटस इट ।’