प्रधानमन्त्री प्रचण्डले नेपालका नदी सित्तैमा भारतलाई दिएर आए: अध्यक्ष ओली

प्रधानमन्त्री प्रचण्डले नेपालका नदी सित्तैमा भारतलाई दिएर आए: अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीकाे भारत भ्रमणमा आफ्नो अतिक्रमित भूमिको बारेमा चुइँक्क बोल्न नसकेको भन्दै प्रश्न गरेका छन् ।

शनिबार काठमाण्डुमा नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेला उद्घाटन गर्दै अध्यक्ष ओलीले भारत भ्रमणका बेला आफ्नो भूमि रक्षाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही पनि बोल्न नसकेको बताएका हुन्। देशको राष्ट्रिय हित र राष्ट्रियताको रक्षाका लागि वर्तमान सरकारले केही पनि गर्न नसकेको उकाे भनाइ छ।

उनले युक्रेनको हवाला दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालका नदीहरू भारतलाई सित्तैमा सुम्पेर आएको बताए। ‘युक्रेनको वारले हो अस्ती प्रचण्डजीले सित्तैमा नदीहरू दिए। आफ्नो भूमिबारे चुइँक्क बोल्न नसकेको युक्रेनको वारले हो?,’ उनले भने, ‘दुई वटा नदी तल्लो अरुण कौडीको भाउमा दिएको छ।’

उनले एमालेको सरकार परिवर्तन भए पनि दुई वर्षमा ८ प्रतिशत पुर्‍याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था आएको जिकिर गरे।