काठमाण्डु – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पशुपति दर्शनमाथी प्रश्न उठाएका छन् । पुर्वप्रधानमन्त्री भटराईले प्रधानमन्त्री प्रचण्डको पशुपति दर्शनलाई राजनीतिक उदेश्यले प्रेरित रहेको टिप्पणी गरेका हुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार पशुपतिनाथ दर्शन गर्न पुगेका थिए। प्रधानमन्त्री दाहाल,अर्थमन्त्री प्रकाशशरण महत,परराष्ट्रमन्त्री एनपी साउद,संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती,ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री शक्ति बस्नेतसहित पशुपतिनाथको मन्दिर पुगेका हुन्। डा. भट्टराईले त्यसरी जाँदा राजनीतिक हुने टिप्पणी गरेका हुन्।
‘कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन मिल्दैन। त्यो उसको निजी आस्थाको कुरा हो,’ उनले लेखेका छन्, ‘तर जब पूरै मन्त्रिमण्डल एकैसाथ र एउटा शृंखलामा धार्मिक स्थल जान्छ त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ!’
हालै भारत भ्रमणका क्रममा मध्यप्रदेशको इन्दौर–उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा मन्त्रीहरूको टोलीसहित गएर गेरुवस्त्र धारण गरी पूजापाठ गरेका प्रधानमन्त्री प्रचण्ड पशुपतिनाथमा पनि मन्त्रीहरूसहित पुगेका छन्।
नयाॅ ‘सांस्कृतिक क्रान्ति’ र ‘सांस्कृतिक नक्सा’??एक्लै कोही कुनै धार्मिक स्थल जाॅदा प्रश्न उठउन मिल्दैन;त्यो उसको निजी आस्थाको कुरा हो। तर जब पूरै मन्त्रीमण्डल एकैसाथ जान्छ तब त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ! pic.twitter.com/tzr346eyQY
— Baburam Bhattarai (@brb1954) June 10, 2023




प्रतिक्रिया