काठमाण्डु- नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको नाम संशोधन गर्नुपर्ने माग गरेको छ । आइतबार प्रदेश सभाको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा भाग लिंदै पार्टीका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेशको नाम संशोधन गरेर खप्तड थरुहट प्रदेश राख्न माग गरेका हुन् ।
‘प्रदेशको लोगो संशोधन गर्न समिति गठन गरिएको कुराको स्वागत गर्न चाहान्छु,लोगो मात्र फेरिएर हुँदैन । प्रदेशको नाम पनि फेरिनुपर्छ । सुदूर शब्द राज्य, समुदाय र प्रदेशबाट समेत टाढा राखिएको भान भएको छ । नाम संशोधन गरिनुपर्छ । यहाँको समुदाय र संस्कृती झल्किने गरी खप्तड थरुहट प्रदेश राख्नुपर्छ ।’, उनले भने ।




प्रतिक्रिया