आइतबार नेप्से उकालो लाग्यो

आइतबार नेप्से उकालो लाग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चालु साताकाे पहिलाे काराेबार दिन आइतबार सेयर बजार उच्च अ‌ंकले वृद्धि भएकाे छ । नेप्से सूचक ४०.४८ अंकले बढेर १९८०.०९ विन्दुमा आएको छ । २७५ कम्पनीको ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ कराेड ४३ लाख ४४ हजार ५६३ रुपैयाँकाे काराेबार भएकाे छ ।

यस दिन दुईवटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । समग्रमा हेर्दा सेयर बजारमा विस्तारै सकारात्मक माहोल देखिएको छ । सूचकसँगै दैनिक खरिदबिक्री रकममा पनि बढोत्तरी भएपछि लगानीकर्ता उत्साहित भएका छन् ।

११ करोड ४७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्टस् र आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स रहेका छन् ।