गेटामा विश्वविद्यालय बनाउने निर्णय नगरेर सरकारले सुदुरपश्चिमेलीलाई धोका दियो : सांसद तामाङ

गेटामा विश्वविद्यालय बनाउने निर्णय नगरेर सरकारले सुदुरपश्चिमेलीलाई धोका दियो : सांसद तामाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–नेकपा एमालेका सांसद तारा लामा तामाङले सरकारले ल्याएको बजेट दिशाहिन भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा आइतबार बोल्दै एमाले सांसद तामाङले सरकारले ल्याएको बजेटले खस्किंदै गएको अर्थतन्त्रलाई उकास्न सहयोग नपुग्ने धारणा राखेका हुन ।

उनले संसद बैठकमा बोल्दै भने ‘ सरकारले ल्याएको बजेट किसान र श्रमजीवीलाई हेर्ने र समाजवादतिर जाने खालको छैन । यो बजेटबाट केही आशा गर्न सकिदैन र यसमा समर्थन समेत जनाउन सकिदैन । यो बजेट दूई सरकारले ल्याएको जस्तो देखिएको छ । ’

सांसद तामाङले कैलालीको गेटामा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालन हुनुपर्ने धारणा राखे । राष्ट्रपतिले बाचन गरेको र प्रधानमन्त्रीले बोलेको विषयभन्दा फरक निर्णय हुंदा सुदुरपश्चिमेलीहरु आन्दोलित हुनुपरेको भन्दै यसमा उनले सरकारको ध्यानआकर्षण समेत गराएका छन् ।

पांच सय करोडको लगानीमा सुरु भएको गेटामा विश्वविद्यालय बनाउन छोडेर एक सय शैयाको अस्पताल बनाउने षडयन्त्र भएको भन्दै उनले त्यसो नगर्न सरकारलाई चेतावनी समेत दिएका छन् ।

सांसद तामाङले कंचनपुरमा वर्षोदेखि रहेको आरक्ष पिडितको समस्या समाधान गर्नेमा समेत सरकारले ध्यान नदिएको र बजेटमा कुनै विषय उल्लेख नभएको आरोप लगाए ।