काठमाण्डु – प्रतिनिधिसभाको बैठक आज (सोमबार) पनि बस्दैछ। सोमबारको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ।
प्रधानमन्त्री भारत भ्रमणवाट फर्केपछि निरन्तर बजेटमाथी छलफल भइरहेकाे थियाे,साेक्रम आइतबारबाट सकिएपछि आज अर्थमन्त्रीले जवाफ दिन लागेका हुन । अर्थमन्त्री महतले जेठ १५ गते संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका थिए।




प्रतिक्रिया