काठमाण्डु- संसदीय सुनुवाइ समितिको बैठक बसिरहेको छ । सोमबार बिहान ११ बजे सिंहदरबारमा संसदीय सुनुवाइ समिति बैठक बसेको हो । बैठकमा प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरीमाथि समिति सदस्यले छलफल गरिरहेका छन् ।
त्यस्तै बैठकले उजुरीकर्तालाई छलफलमा बोलाउनेबारे निर्णय गर्ने जनाइएको छ । १६ जेठमा सर्वोच्चमा सिफारिस गरिएका प्रधानन्यायाधीश कार्कीविरुद्ध १० दिनभित्र उजुरी दिन सुनुवाइ समितिले सूचना निकालेको थियो। उजुरीमाथिको छलफलपछि कार्कीलाई पनि समितिमा बोलाइनेछ ।




प्रतिक्रिया