सुनको मूल्य बढ्यो, तोलाको कति ?

सुनको मूल्य बढ्यो, तोलाको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर १ लाख १२ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन छापावालाको सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर १ लाख १२ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।