नयाँ जहाज नकिन्ने भए मन्त्रालय खारेज गरिदिए हुन्छ: मन्त्री किराँती

नयाँ जहाज नकिन्ने भए मन्त्रालय खारेज गरिदिए हुन्छ: मन्त्री किराँती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायु सेवा निगममा नयाँ जहाज थप्न नदिन षड्यन्त्र भइरहेको बताएका छन् । नेपाल वायु सेवा निगमको विमान मलेसियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेपछि मंगलबार बिहान विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री किराँतीले नयाँ जहाज थप्न नदिने षड्यन्त्र भइरहेको बताएका हुन् ।

‘जहाज किन्नैपर्छ अन्यथा मन्त्रालय खारेज गरे हुन्छ । किन्न नदिन थुप्रै षड्यन्त्रहरु छन् । ऐनअनुसार कुनै दाग नलाग्ने गरी पारदर्शी ढंगले खरिद गर्नैपर्छ ।’, उनले भने । निजी कम्पनीको भाडादर ज्यादै महँगो भएकाले निगमले जहाज थपेर सस्तो दरमा सेवा दिनुपर्ने मन्त्री किराँतीको भनाइ छ ।