काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा स्वास्थ्य परीक्षण गरिएको छ । प्रधानमन्त्री प्रचण्डको सोमबार दिउँसो पूर्ण स्वास्थ्य परीक्षण गरिएको नर्भिक अस्पतालले विज्ञप्तिमार्फत जनाएको हो ।
सोमबार स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पताल पुगेका थिए । अस्पतालका अनुसार परीक्षणका क्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य देखिएको छ ।





प्रतिक्रिया