मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई मंगलबार बिहान काठमाण्डुको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको हो ।

उनलाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखेर उपचार थालिएको अस्पताल श्रोतले उल्लेख गरेको छ। पौडेललाई मंगलबार दिनभर अस्पतालमा राखेर स्वास्थ्य अवस्था परीक्षण गरिने जनाइएको छ । यसअघि शनिबार पनि  उनकाे  गंगालालमै स्वास्थ्य परीक्षण गरिएको थियो।