काठमाण्डु- नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई अस्थिरताबाट रोक्नको लागि मधेश प्रदेशको सरकारलाई विश्वासको मत दिएको बताएका छन् । बुधबार महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत स्थिरताको लागि एमालेले मधेश सरकारलाई विश्वासको मत दिएको बताएका हुन् ।
नेता पोखरेलले बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न आफ्नो पार्टीले विश्वासको मत दिएको उल्लेख गरेका छन् । साथै अन्य दलहरूले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखिएको उनको भनाइ छ ।
‘राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा(एमाले)ले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएर बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न अन्य दलहरुले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ । यतिबेलाको मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको छ ।’
मधेशका मुख्यमन्त्री यादवले मंगलबार मात्रै प्रदेशसभामा उपस्थित सबै सांसदबाट पुनः विश्वासको मत पाएका छन् । मुख्यमन्त्री नियुक्त भएलगत्तै शतप्रतिशत सांसदको विश्वासको मत पाएका उनले एमालेले समर्थन फिर्ता लिएपछि मंगलबार दोस्रो पटक विश्वासको मत लिएका थिए ।




प्रतिक्रिया