काठमाण्डु- शंकर दास बैरागीले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ लिएका छन् । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व मुख्यसचिव बैरागीलाई शपथ खुवाएका हुन् ।
सरकारको मन्त्रिपरिषद्को बैठकले बिहीबार नै बैरागीलाई सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको थियो । यसअघि बैठकले मुख्यसचिव बैरागीले दिएको राजीनामा समेत स्वीकृत गरेको थियो । बैरागीको स्थानमा बैकुण्ठ अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरिएको छ ।




प्रतिक्रिया