मन्त्री किरातीप्रति प्रेम आलेको व्यंग्य- अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिर्‍यो

मन्त्री किरातीप्रति प्रेम आलेको व्यंग्य- अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको भन्दै पर्यटनमन्त्री सुदन किरातीप्रति व्यंग्य गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्किम समयमा बोल्दै सांसद आलेले पशुपतिनाथ मन्दिरको अनियमितता छानबनि गर्न गठित समितिको प्रतिवेदन पर्यटनमन्त्री किराँतीले लुकाएको आरोप लगाउँदै अर्थ मन्त्रालयको तार काट्ने मुसा पशुपतिमा छिरेको बताएका हुन् ।

‘गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको छ । २०७९ माघ १४ मा तार काटियो । छानबिन समिति बन्यो । छानबिन समितिका संयोजक देवी बराललाई हटाउने काम गरियो । चोरलाई संरक्षण गरियो । प्रतिवेदन लुकाइयो । बहुमल्य मूर्ति चोरियो,’ बैठकमा उनले भने ।