भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य,नेपालमा के हुन्छ ?

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य,नेपालमा के हुन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। आइओसीले हरेक १५ दिनमा नयाँ मूल्य पठाउने गरेको छ ।

उक्त नयाँ मूल्य सूचीअनुसार डिजेलमा ३७ पैसा र पेट्रोलमा ८६ पैसा बढेर आएको निगमले जनाएको छ ।आईओसीले आफ्नो लागत तथा कच्चा तेलको मूल्यका आधारमा नयाँ मूल्यसूची पठाउँछ । सो अनुसार निगमले नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने व्यवस्था छ ।

निगमकाअनुसार पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ र डिजेलमा प्रतिलिटर १५ रुपैयाँ नाफा हुनेछ । अब निगमले आइओसीलाई तिर्ने बक्यौता २ अर्ब भारुमा सिमित भएको छ ।