राष्ट्रपति पौडेलको छातीमा राखियो पेसमेकर

राष्ट्रपति पौडेलको छातीमा राखियो पेसमेकर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ड- राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । मंगलबार महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको हो।

राष्ट्रपति पौडेल शीतल निवासमै गत शनिबार राति २ बजे बेहोस भएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो । त्यहाँ जाँच गर्दा मुटुको चाल कम पाइएपछि पौडेललाई तत्कालै मनमोहन सेन्टरको सीसीयूमा राखेर उपचार थालिएको थियो।

उनको मुटुको चाल कम भएकाले अस्पतालले केही दिनसम्म निगरानीमा राखेर मनिटरिङ गरिरहेको थियो। तर सुधार नभएपछि शल्यक्रिया गरेर पेसमेकर राखिएको मनमोहन स्रोतले जानकारी दिएको छ।