समाजवादी मोर्चा बुढाहरूको क्लब जस्तो : योगेश भट्टराई

समाजवादी मोर्चा बुढाहरूको क्लब जस्तो : योगेश भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका सचिव योगेश भट्टराईले समाजवादी मोर्चा बुढाहरूको क्लब जस्तो भएको टिप्पणी गरेका छन् । संघीय संसद भवन परिसरमा आज पत्रकारहरूसँग कुराकानीमा उनले समाजवादी मोर्चामा रहेका दलहरूबीच पछि झगडा पर्ने र अलग सम्भावना रहेको बताउँदै उनले उक्त मोर्चा बुढाहरूको क्लब जस्तो भएको टिप्पणी गरेका हुन् ।

‘यो प्रौढहरुको क्लब हो । यसमा इतिहासको बखान हुन्छ, मेरो पालामा यो, मेरो पालामा यो । यो बुढाहरुको क्लब हो,’ उनले भने । एमाले नेता भट्टराईले समाजवादी मोर्चामा रहेका दलहरुबीच समाजवादकै विषयमा समान धारणा नरहेको बताए ।