काठमाण्डु महानगरपालिकाले ल्यायो साढे २५ अर्बको बजेट

काठमाण्डु महानगरपालिकाले ल्यायो साढे २५ अर्बको बजेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डु महानगरपालिकाले आगामी आर्थिक वर्ष (२०८०/८१ ) का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट ल्याएको छ। आइतबार उपमेयर सुनिता डंगोलले उक्त बजेट सार्वजनिक गरेकी हुन्।

बजेट वक्तव्यअनुसार चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको छ । यो कुल बजेटको क्रमशः ३३.७२ र ६६२८ प्रतिशत हो।

संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ १ अर्ब ४५ करोड ६२ लाख ४६ हजार, नि:शर्त अनुदानतर्फ ७९ करोड ३६ लाख ३० हजार, आन्तरिक आयतर्फ ६ अर्ब ३९ करोड २० लाख र बैंक मौज्दात ११ अर्ब ७५ करोड, राजस्व बाँडफाँटतर्फ २ अर्ब १६ करोड ५९ लाख ४४ हजार र सामाजिक सुरक्षा भत्ता तथा जग्गा एकीकरण आयोजनाको २ अर्ब ९९ करोडसमेत गरी कुल २५ अर्ब ५४ करोड ७८ लाख २० हजार आम्दानी हुने प्रक्षेपण महानगरको छ।