नेप्से परिसूचक ६२.२१ अंकले बढ्यो

नेप्से परिसूचक ६२.२१ अंकले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आइतबार सेयर बजार परिसूचक नेप्सेमा तीव्र वृद्धि आएको छ । यस दिन नेप्से सूचक ६२.२१ अंकको वृद्धि आउँदै २१ सय १७.७३ अंकको विन्दुमा उक्लिएको हो । जुन चार महिनायताकै उच्च विन्दु हाे ।

आज ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड ४७ लाख ५१ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।म्युचुअल फन्ड, ऋणपत्रलगायत २७५ धितोपत्रको एक करोड ४७ लाख ५१ हजार २४७ कित्ता खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ। आज जीवन बिमा समूहको परिसूचक सर्वाधिक वृद्धि भएको छ । यो समूहको परिसूचक ७.७९ प्रतिशतले वृद्धि भएको छ ।