ललितपुर महानगरले ल्यायो ६ अर्ब ५० करोडको बजेट

ललितपुर महानगरले ल्यायो ६ अर्ब ५० करोडको बजेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट ल्याएको छ ।

आइतबार बसेको नगरसभा बैठकमा महागरपालिकाकी उपप्रमुख मन्जली शाक्य बज्राचार्यले आर्थिक वर्ष २०८०-८१ का लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट पेस गरेकी हुन् ।

उपप्रमुख शाक्यका अनुसार पूँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

महानगरपालिकाले सडक पुर्वाधार, सम्पदा, हरियाली पार्क निर्माण, एक वडा एक उद्यान, हरेक वडामा सार्वजनिक शौचालय निर्माण, अपाङ्गतामैत्री फुटपाथ निर्माण लगायत कार्यक्रमहरुलाई प्राथमिकतामा राखेको छ ।