टिभिएसले ल्यायो आकर्षक नयाँ सफर बिना कर अफर

टिभिएसले ल्यायो आकर्षक नयाँ सफर बिना कर अफर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालकै सर्वाधिक रुचाइएको दुई पाङ्ग्रे सवारी साधन कम्पनी टिभिएसले नयाँ खरिद कर्ताहरुलाई लक्षित गरि “नयाँ सफर बिना कर अफर”सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत हरेक बाइक र स्कुटरको खरिदमा तिर्नु पर्ने खरिद बर्षको सडक कर र अर्को एक बर्षको सडक कर टिभिएस आफैले तिर्नेछ ।

टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यो अफर देश भित्रका सबै ठाउँ लागु गरिसकेको छ जसले गर्दा प्रयोगकर्ताहरु दुई बर्षको कर तिर्नु पर्ने झन्झटबाट मुक्त भएका छन् भने आर्थिक हिसाबले पनि फाइदामा परेका छन् ।

यस बाहेक टिभिएसले आफ्ना बाइक र स्कुटरको खरिदलाई सहज बनाउनका निम्ति आकर्षक फाइनान्स सुविधा पनि ल्याएको छ जस अन्तर्गत २५ प्रतिशतको डाउन पेमेन्ट र शुन्य प्रतिशत ब्याजदरमा टिभिएसका बाइक र स्कुटर खरिद गर्न सकिनेछ । जगदम्बा मोटर्सप्रा लि नेपालमा टिभिएसका दुई पाङ्ग्रे सवारी साधनकालागि एक मात्रआधिकारिक वितरक हो।