राष्ट्रिय वाणिज्य बैंकको ६४ औं एक्सटेन्सन काउन्टर प्रहरी प्रधान कार्यालय नक्सालमा

राष्ट्रिय वाणिज्य बैंकको ६४ औं एक्सटेन्सन काउन्टर प्रहरी प्रधान कार्यालय नक्सालमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय वाणिज्य बैक लिमिटेडले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा ६४औं एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ ।

आइजीपी बसन्तबहादुर कँुवरले एक समारोहकाबीच एक्सटेन्सन काउन्टरको मंगलबार समुद्घाटन गरेका छन् । शाखा कार्यालय नक्साल मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट नगद÷चेक जम्मा, चेक भुक्तानी, स्टेटमेन्ट, मोवाइल बैंकिङ्ग सेवा, एटिएम सेवा लगायतको रकम जम्मा गर्न सकिनेछ ।

कार्यक्रममा आइजीपी कँुवरले नेपाल प्रहरी र बैंकबीचको लामो समयदेखिको सहकार्यको प्रशंसा गर्दै एक्सटेन्सन काउन्टरबाट प्रहरीहरुलाई बैंकिङ्ग सेवा लिन थप सहज हुने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सबै ग्राहकले सेवा लिन सकिने एक्सटेन्सन काउन्टरबाट धेरै प्रकारका बैंकिङ्ग सेवा दिने बताउँदै नेपाल प्रहरीसँगको सहकार्यका लागि आभार व्यक्त गरे ।
उनले बैंकको बेसरेट सस्तो भएकाले कर्जाको ब्याजदर कम भएको बताउँदै प्रविधिमा आधारित सेवालाई बैंकले जोड दिएको बताए ।