काठमाण्डु – सशस्त्र प्रहरी बलले नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको छ। भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भुले नयाँ भर्ना सम्बन्धी सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा ९३२ पदमा पदपूर्तिका लागि दरखास्त माग गरिएको छ ।
सशस्त्र प्रहरी बलले खुला ५०२, अमर तथा अशक्त सशस्त्र प्रहरी कर्मचारी सन्ततिका लागि १९ र समावेशीतर्फ महिला ८२, आदिवासी जनजाति १३२, मधेसी ११५, दलित ६२ र पिछडिएको क्षेत्र २० गरी ९३२ जना जवानका लागि दरखास्त आह्वान गरेको हो। दरखास्त आजदेखि साउन २८ गतेसम्म दिन सकिनेछ ।





प्रतिक्रिया