सुनको भाउमा नयाँ रेकर्ड, तोलाको १ लाख १३ हजार ६००

सुनको भाउमा नयाँ रेकर्ड, तोलाको १ लाख १३ हजार ६००

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सुनको भाउले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसैगरी तेजावी सुनको मूल्य तोलाको १ लाख १३ हजार ५० रुपैयाँ निर्धारण भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार छापावाल सुन तोलाको १ लाख १३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १२ हजार ५५० रुपैयाँ निर्धारण भएको थियो । यसअघि सुनको मूल्य गत जेठ १३ गते अहिलेसम्मकै उच्च १ लाख १३ हजार ३०० रुपैयाँ कायम भएको थियो ।