काठमाण्डु– सशस्त्र प्रहरीले लामो समयदेखि एकै ठाउंमा बसेका एकाउण्टेन्टहरुको सरुवा गरेको छ । सशस्त्र मुख्यालयले आइतबार राति केन्द्रीय लेखामा कार्यरत डीएसपी गणेश मल्लसहित ११ जनाको सरुवा गरेको हो । उनको ठाउंमा डीएसपी सुदन गिरीको सरुवा भएको छ । मल्ललाई सशस्त्र प्रहरीको अस्पतालमा सरुवा गरिएको छ ।
मल्ल लामो समयदेखि शक्तिकेन्द्रको बलमा सशस्त्रको केन्द्रीय लेखामा कार्यरत थिए । सुदुरपश्चिम घर भएका मल्ललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भतिज भानु देउवाको जोडबलमा राखिएको थियो ।
उनि विरुद्ध अकुत सम्पति कमाएको आरोपमा अख्तियारले छानविन गरिरहेको छ । मल्ल यसअघिका आईजीपी शैलेन्द्र खनालको पालादेखि नै केन्द्रीय लेखामा थिए । अहिले सशस्त्रको प्रबन्धमा समेत देउवाकै बहिनी ज्वांई दीपेन्द्र कुवंर छन् ।
सरुवा हुनेमा डीएसपीहरु राजकुमार ढकाल आर्थिक प्रशासन महाशाखा,कर बहादुर घर्ती नम्बर २ बाहिनी, रमेश थापा नम्बर ३ बाहिनी,महेन्द्र हमाल नम्बर ६ बाहिनी र उर्मिला थापाको लामापाटनमा सरुवा भएको छ । हमाललाई काजमा कल्याणकारी सेवा केन्द्र र थापालाई कमाण्ड तथा स्टाफ कलेजमा काज सरुवा गरिएको सशस्त्रले जनाएको छ ।
त्यसैगरी १४ जना सशस्त्र प्रहरी निरीक्षकहरुको समेत सरुवा भएको छ । सरुवा हुनेमा गोविन्द ठगुन्ना, महेश्वरी बाहिनी,सुरेश प्रसाद कलौनी तालिम केन्द्र बर्दघाट,तुलसिंह केसी मुक्तिनाथ बाहिनी र अनिरुद्र कुंवरको भण्डार महाशाखा रहेको छ ।
सरुवाको सुची हेर्नुहोस् :







प्रतिक्रिया