सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका दावाको माओवादीका उच्च तहका नेतासंग घनिष्ठ सम्बन्ध

सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका दावाको माओवादीका उच्च तहका नेतासंग घनिष्ठ सम्बन्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एक सय क्विन्टल सुन तस्करी प्रकरणमा दावा लामा पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले काठमाण्डौंको ठमेलबाट चिनियां मूलका बेल्जियमका नागरिक लामालाई आइतबार पक्राउ गरेको हो । ठमेलको होटल भियनामा छापा मारेर अनुसन्धान विभागको टोलीले उनलाई पक्राउ गरेपछि सुन तस्करीमा संलग्न गिरोहबारे जानकारी मिल्ने अपेक्षा गरिएको छ ।

उनि नेपालमा बसेर विभिन्न अपराधिक गतिविधिमा संलग्न थिए । उनलाई चिनियां दूतावासले पक्राउ गर्न नेपाल सरकारलाई आग्रह गरेपनि माओवादी केन्द्रका उच्च तहका नेताहरुको संरक्षणमा उनि जोगिदै आएका थिए । चिनियां दूतावासले उनलाई जोगाएकोप्रति त्यतिबेला असन्तुष्टि समेत जनाएको थियो ।

दावाको माओवादी केन्द्र उपमहासचिव वर्षमान पुन र नेतृ ओनसरी घर्तीसंग निकट सम्बन्ध रहेको स्रोत बताउंछ । उनलाई तत्कालिन प्रहरी प्रमुख सर्वेन्द्र खनालले समेत जोगाउन भुमिका खेलेका थिए । तत्कालिन गृहमन्त्री रामबहादुर थापालाई माओवादी नेताहरुले उनलाई पक्राउ नगर्न दबाव दिएपछि प्रहरी समेत हच्किएको थियो ।

नेपालमा बसेर चिनियां नागरिकलाई ठगेको उजुरीपछि चिनियां दूतावासको समन्वयमा चीनबाट टोली नेपालमा आएर अपरेशन नै गरेको थियो । जसमा केही चिनियां नागरिक पक्राउ समेत परेका थिए । उनिहरुलाई चीन सरकारले जहाज नै चार्टड गरेर लगेको थियो । सुन तस्करी प्रकरणमा पक्राउ परेका दावासंग दोहोरो नागरिकता समेत छ ।

दावाकै संलग्नतामा नेपालमा अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ र अश्लील भिडिओ देखाएर र ‘लोन’ (ऋण) एप मार्फत अवैध असुली हुने गरेको समाचार प्रकाशित भएको थियो । त्यसमा उनकी पत्नी अमला पुन र मंजिल श्रेष्ठको समेत संलग्नता थियो । तर, अमला र दावाले भने त्यतिबेला माओवादी नेताहरुकै दबावमा उन्मुक्ति पाएका थिए ।

दावाले नेपाली र बेल्जियम दुवै देशको राहदानी प्रयोग गरिरहेको अनुसन्धानबाट खुलेको छ । उनको नेपाली नागरिकता र बेल्जियमको राहदानी दुवैमा जन्म मिति समेत फरक छ ।

उनले काभ्रेबाट लिएको नागरिकतामा जन्ममिति २०४१ वैशाख १५ उल्लेख छ भने बेल्जियमको राहदानीमा २०४० चैत ३ गते उल्लेख रहेको छ । दावा नेपालमा विभिन्न अवैध व्यवसायमा संलग्न व्यक्ति भएपनि सत्तारुढ माओवादी नेताहरुको संरक्षणका कारण उनि कार्वाहीबाट जोगिएका थिए ।

राजस्व अनुसन्धान विभागको टोलीले साउन २ मा बरामद गरेको सुनमा दावाको समेत मुख्य भुमिका रहेको अनुसन्धानमा देखिएको छ । उनले खासगरी सुन व्यवस्थापनमा भुमिका खेलेको पाइएको छ ।

सुन तस्करीमा मुख्य व्यक्तिलाई जोगाउन सरकारका मन्त्री नै लागेको आरोप लागिरहेका बेला उनि पक्राउ परेका हुन् । दावा प्रक्राउ परेसंगै सुन तस्करीमा राजनीतिक नेतृत्वको समेत संलग्नता हुने भन्दै छानविन अघि बढाउन सामाजिक संजालमा आवाज उठेको छ ।

माओवादी उपमहासचिव पुनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै पार्टी कार्यकर्ता अमला रोकासंग पारिवारिक भेटघाटको सन्दर्भमा ८ वर्ष पहिला नै सार्वजनिक भईसकेको तस्बिरलाई आफुसंग जोडेर गरिएको प्रचारप्रति गम्भीर आपत्ति रहेको जनाएका छन् ।

उनले सरकारले चालेको सुशासनको मुद्दालाई विषयान्तर गर्न गलत प्रचार गरिएको भन्दैसुन तस्करीको निस्पक्ष छानविनको पूर्णरूपमा समर्थन गर्ने बताएका छन् ।