विदेशमा खटिने सैनिक सहचारीहरु फेरिए,अमेरिकामा महासेनानी ढकाललाई जिम्मेवारी दिइयाे

विदेशमा खटिने सैनिक सहचारीहरु फेरिए,अमेरिकामा महासेनानी ढकाललाई जिम्मेवारी दिइयाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले सैनिक सहचारीहरुको फेरबदल गरेको छ ।

सेनाको सिफारिस र मन्त्रीपरिषदको साउन १६ गतेको निर्णय अनुसार अमेरिका, बेलायत, चीन, भारत,पाकिस्तान, बंगलादेशका राजदूतावासमा पठाउने सैनिक अधिकारीहरुको फेरबदल भएको हो ।

जसअनुसार नीति तथा योजना निर्देशनालयका महासेनानी पूर्णप्रसाद ढकाललाई अमेरिकाको वासिङ्ग्टन डिसीस्थित नेपाली राजदूतावासमा सैनिक सहचारीको जिम्मेवारी दिइएको छ । उनलाई क्यानाडाको समेत कार्य हेर्ने भनिएको छ ।

त्यस्तै बंगलादेशमा वीरेन्द्र अस्पतालमा कार्यरत अञ्जनकेशर खत्री,बेलायतमा अनुप शाह, पाकिस्तानमा महासेनानी भेषबहादुर केसी,चीनमा महासेनानी जयन्द्र केसी र भारतमा महासेनानी प्रकाश लामिछानेलाई खटाइएको छ । उनले फ्रान्सको समेत जिम्मेवारी हेर्नेछन् ।

उनीहरुले साउन ३० गतेभित्र सैनिक इन्टेलिजेन्स महानिर्देशनालय (इन्टेलिजेन्स कोर) मा प्रतिवेदन बुझाएपछि सम्बन्धित नियोगमा खटिने व्यवस्थाको लागि निर्देशनसमेत दिइएको छ ।