सेनामा चीनबाट सैनिक सामाग्री ल्याउन भुमिका खेल्ने जर्नेलसहित १० जनाको सरुवा

सेनामा चीनबाट सैनिक सामाग्री ल्याउन भुमिका खेल्ने जर्नेलसहित १० जनाको सरुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति प्रमुराम शर्माले सेनाका उच्च अधिकारीहरुको सरुवा गरेका छन् । सरुवा हुनेमा चीनबाट एपीसी र हतियार ल्याउन भुमिका खेल्ने सहायकरथी सन्तोषवल्लव पौडेल समेत रहेका छन् ।

सेनाको शान्ति सेना हेर्ने सहायरकथी पौडेललाई शान्ति सेना निर्देशनालयबाट हटाएर पश्चिम पृतनाको चिफ अफ स्टाफमा लगिएको छ । पौडेल यही वर्षभित्र दुई तारे हुने लाइनमा समेत छन् । उनि यसअघि सैनिक सहायक हुने दौंडमा रहेपनि सेनापतिले विष्णु खड्कालाई रोजेका थिए ।

पौडेल र सेनापति शर्माको अग्रसरतामा कमिशन एजेण्ट लोकेन्द्र कार्कीसंग मिलेर महंगो मुल्यमा चीनबाट सैनिक सामाग्री ल्याउने प्रयास भएको थियो । त्यसमा शर्मा अहिले पनि सक्रिय नै छन् । सरुवा हुने अन्य सहायकरथीमा मधुकरसिंह कार्की,ध्रुवप्रकाश शाह , प्रेमबहादुर पुन, टंकप्रसाद भट्ट,सन्तोषराज पाण्डे, लक्ष्मण थापा, भोलानाथ थापा, सुरत रावल र माधव थापा रहेका छन् ।

अमेरिकाबाट सैनिक सहचारीबाट फिर्ता भएका कार्कीलाई सेनामा महत्वपूर्ण मानिने वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको केन्द्रपति, शाहलाई सैनिक सचिव विभागको अतिरिक्त समूहमा राखेर वीरेन्द्र अस्पतालमा र पुनलाई शान्ति कार्य निर्देशनालयको निर्देशक बनाइएको छ ।

यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाका सैनिक सहायक रहेका सहायक रथी टंकप्रसाद भट्टलाई सैनिक सचिव विभागको अतिरिक्त समूहमा, १७ नम्बर बाहिनीको बाहिनीपतिमा भोलानाथ थापा, पाण्डेलाई उत्तर पश्चिम पृतना हेडक्वार्टरको चिफ अफ स्टाफ र थापाको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको छ ।

सहायकरथी रावललाई सुदूर पश्चिम पृतना हेडक्वार्टरको चिफ अफ स्टाफ र यसअघिका प्रधानसेनापति थापाकोमा बसेर चलखेलमा संलग्न माधव थापालाई सैनिक सामग्री प्राप्ती निर्देशनालयमा दरबन्दी राखेर मध्यपश्चिम पृतना हेडक्वार्टरमा काज खटाइएको छ ।

थापाले तत्कालिन प्रधानसेनापति थापाको नाममा सेनाभित्र आतंक मच्चाएका थिए । उनले प्रधानसेनापतिलाई आफ्नो स्वार्थमा प्रयोग गरेर प्रतिसोध सांधेको आरोप लाग्दै आएको छ ।

चीनबाट ६ अर्ब बरावरको हतियार किन्दै सरकार,देउवाका साला र ज्ञानेन्द्र कार्कीका भाईको संलग्नता